दोलखाली चेली सविता उप्रेती अन्तराष्ट्रिय साहसिक महिला पुरस्कारबाट सम्मानित भएकी छन् ।
नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत बैतेश्वर गाउँपालिका–६ स्थायी घर भएकी अभियान्ता उप्रेती यो वर्षको अन्तराष्ट्रिय साहसिक महिला पुरस्कार २०२३ बाट सम्मानित भएकी हुन् । भारतीय मानवअधिकार परिषदले मानवअधिकार र शान्तिका लागि योगदान पु¥याउनेमध्ये एकलाई सन् २०१५ देखि पुरस्कृत गर्दै आइरहेको छ । सोही अनुसार यो वर्षको पुरस्कार बैतेश्वर गाउँपालिकाकी उप्रेतीलाई प्रदान गरिएकोे हो । उनलाई अन्तराष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँदिल्लीमा पुरस्कार प्रदान गरिएको हो ।
अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षको उमेरदेखि यो क्षेत्रमा सक्रिय छन् ।










