images
images

सिन्धुपाल्चोकमा करेन्ट लागेर किशोरको मृत्यु

  • २८ पुष २०७८, बुधबार १४:००

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको लिशंखुपाखर गाउँपालिका वडा नम्बर ७ का १६ वर्षीय अमृत तामाङको करेन्ट लागेर आज मृत्यु भएको हो । स्थानीय पाखर खोलामा विद्युतको पोलबाट हुक लगाई डाईरेक्ट लाईन तानेर माछा मार्ने क्रममा करेन्ट लाग्दा तामाङ घटनस्थलमै मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । स्थानीय बुद्ध तामाङसँगै गएका उनलाई माछा मार्ने क्रममा एक्कासी करेन्ट सर्ट भई करेन्ट लागेको थियो । मृतक तामाङलाई पोष्टमार्टमका लागि बाह्रबिसे अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।