images
images

सहिदको नामको पक्राउ पुर्जी खारेज गर्न माओवादी केन्द्रको माग

  • २८ पुष २०७९, बिहीबार १२:११

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले जनयुद्धमा २२ वर्षअघि सहिद भएका केशवराजस्वराज रिमाल (हेमन्त) विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ ।

माओवादी केन्द्र दोलखाले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । जनयुद्धमा सहिद भएका हेमन्तको नाममा अदालतले २२ वर्षपछि वारेन्ट जारी गरेपछि माओवादीले खारेजीको गरेको छ । माओवादी दोलखाका सचिव कमल श्रेष्ठद्धारा जारी विज्ञप्तिमा युद्धकालीन मद्धा सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने भएपनि अदालतले सहिदको नाममा पक्राउ पुर्जी जारी गर्नुले प्रश्न चिन्ह खडा गरेको उल्लेख छ ।

प्रहरी प्रशासन र अदालतले द्धन्द्धकालीन घाउहरुमा नुन चुक लगाउने काम गरेको माओवादी केन्द्र दोलखाले जनाएको छ । युद्धकालीन मुद्धलाई उठाएर कोही कसैलाई पनि आतंकित नपार्न माओवादी केन्द्र दोलखाले चेतावनी समेत दिएको छ । सहिद हेमन्तको २०५७ साल मंसिर १ गते ओखलढुंगाको रगनीमा राज्य पक्षबाट हत्या भएको थियो । हत्या भएको ६ वर्षपछि प्रहरीले मुद्धा दर्ता गरेर २२ वर्षपछि वारेन्ट जारी गरेको हो ।