images
images

१७ जना डीआईजीको सरुवा, बागमतीमा थापा

  • २८ पुष २०७९, बिहीबार १४:३६

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक –डिआईजी) को काज सरुवा भएको छ ।

जसअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयका डिआईजि दिपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा खटाईएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाईएका छन् ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको जिम्मा अशोक सिंहले पाएका छन् । प्रहरी प्रबक्ता समेत रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्म पाएका छन् भने गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले गर्नेछन् ।