images
images

सभामुखका लागि बागमतीमा तीन जनाबीच प्रतिष्पर्धा हुने

  • २८ पुष २०७९, बिहीबार १४:५८

काठमाण्डौँ । बागमती प्रदेशमा सभामुखका लागि तीन जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।

सभामुखका लागि बागमती प्रदेशबाट सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेशका शिबराज अधिकारी र नेमकिपाकी सिर्जना सायजुबीच प्रतिष्पर्धा हुने भएको हो । दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई दिने सहमति गरेको थियो । पाठकलाई एमालेका सांसद जगन्नाथ थपलियाले प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक रहेका छन् । सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ जना सांसद रहेका छन् । नेपाल मजदुर किसान पार्टीकी तर्फबाट बागमती प्रदेशको सभामुखका लागि उम्मेदवारी दिएकी सांसद सिर्जना सायजुको प्रस्तावकमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईँ र गीता काफ्ले समर्थक बसेकी छन् ।