images
images

अनलाईन आवेदनमा मनोमानी शुल्क नलिन दोलखा प्रशासनको साइवर संचालकलाई निर्देशन

  • २८ पुष २०७९, बिहीबार १८:३२

दोलखा । दोलखामा कम्प्युटर इन्सिटिच्युट (साईवर) हरुले राष्ट्रिय परिचयपत्र र राहदानीको आवेदन भर्दा मनोमानी शुल्क असुल्ने गरेको समाचार सार्वजनिक भएपछि स्थानीय प्रशासनले मनपरी शुल्क लिनेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सदरमुकाम चरिकोटका साइवर संचालकहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर मनोमानी शुल्क असुल्नेलाई कारवाहीको चेतावनी दिनुभएको हो । प्रजिअ खतिवडाले राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाईन आवेदन भर्दा मनोमानी शुल्क नलिन साइवर संचालकहरुलाई निर्देशन पनि दिनुभएको छ । स्थानीय प्रशासनले साइवर संचालकलाई न्यूनतम शुल्कमा अनलाइन आवेदन भर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै मनोमानी शुल्क असुल्ने उपर उजुरी दिन सेवाग्राहीलाई आग्रह समेत गरेको छ ।हाम्रो रेडियो र हाम्रो अपडेट अनलाईनले राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन आवेदन भर्ने क्रममा सेवाग्राही ठगीमा पर्ने गरेको समाचार सार्वजनिक गरे लगत्तै स्थानीय प्रशासनले साइवरमा हुने ठगिलाई नियन्त्रणको सुरुवात गरेको हो ।

स्थानीय प्रशासनले साइवर संचालकलाई न्यूनतम शुल्कमा अनलाइन आवेदन भर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै मनोमानी शुल्क असुल्ने उपर उजुरी दिन सेवाग्राहीलाई आग्रह समेत गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि अनलाईन आवेदन भर्दा साइवरहरुले ३ सय ५० रुपैँयासम्म तथा राष्ट्रिय परिचयपत्र र राहदानी दुवैको आवेदन भर्दा ५ सय ५० रुपैँयासम्म शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।सेवाग्राहीले ठगिएको गुनासो गरे पनि स्थानीय प्रशासनले अनलाईन आवेदनको न्यूनतम शुल्क अहिलेसम्म तोकेको छैन ।

राष्ट्रिय परिचयपत्रका लागि अनलाईन आवेदन भर्दा साइवरहरुले ३ सय ५० रुपैँयासम्म तथा राष्ट्रिय परिचयपत्र र राहदानी दुवैको आवेदन भर्दा ५ सय ५० रुपैँयासम्म शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ । दोलखामा २०७७ साल असार १७ गतेबाट राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन सुरु भएको थियो । त्यसबेलादेखि चरिकोट बजारमा रहेका साइवरहरुले सर्वसाधरण नागरिकबाट मनपरी शुल्क असुल गर्दै आएका छन् । सेवाग्राहीले ठगिएको गुनासो गरे पनि स्थानीय प्रशासनले अनलाईन आवेदनको न्यूनतम शुल्क अहिलेसम्म तोकेको छैन । यद्धपि, प्रजिअ खतिवडाले राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाईन अवेदनका लागि लाग्ने न्युनतम शुल्क तोक्ने तयारी भईरहेको प्रतिक्रिया दिनुभयो ।

सर्वसाधरण नागरिकको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाईन आवेदन भर्ने व्यवस्था गरिएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले जिल्ला प्रशासन कार्यालयमा राखेको हेल्प डेस्कमा एक सय रुपैयाँमै अनलाईन आवेदन भर्न पाउने व्यवस्था छ । तर, प्रशासनमा रहेको हेल्प डेस्कमा धेरै भिडभाड हुने गरेका कारण सेवाग्राहीले बजारमा रहेका साइवरमा गएर आवेदन भर्ने गरेका छन् ।