images
images

बाह्रबिसेमा ट्रान्समिटरको हुक जोड्ने क्रममा करेन्ट लागेर मकवानपुरका युवकको मृत्यु

  • २८ पुष २०८१, आईतवार ०८:०१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ट्रान्समिटरको हुक जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

हिजो साँझा ट्रान्समिटरको हुक र तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुरको थाहा नगरपालिका– ७ का ३३ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको हो । दिनभर लाइन जोड्ने काम गरेका तामाङ साँझपख बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारीमा रहेको ट्रान्समिटरमा चढेका थिए । उनी पोलमा चढेको केहीबेरमै ट्रान्समिटरमा आगोको मुस्लो निस्केको थियो । करेन्ट लागेका तामाङलाई प्रहरी र स्थानीयले ट्रान्समिटरको खम्बाबाट भुइँमा खसालेका थिए ।

सुनकोसीस्थित सबस्टेशनमा सटडाउन नगरी खम्बामा चढ्दा दुर्घटना भएको हो वा लाइनम्यानको असावधानीले भएको भन्ने बारे थप अनुसान्धान भईरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिनुभयो ।