
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्धा परेकाले लामिछाने आफै अदालतमा उपस्थित हुन लागेका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्धामा यही पुस २५ गते ६५ लाख धरौटीमा रिहा भएका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरुद्ध मुद्धा दर्ताको प्रकिया अगाडि बढाइएको छ ।