images
images

बागमती प्रदेश सरकारद्धारा एकैसाथ लेखा समूहका १०४ कर्मचारीको सरुवा (विवरण सहित)

  • २९ माघ २०७८, शनिबार ११:०६

हेटौंडा । बागमती प्रदेश सरकारले एकै पटक ठूलो संख्यामा लेखा समूहका कर्मचारीको सरुवा गरेको छ ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले एकै पटक १ सय ४ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले आठौं, सातौं, र छैठौं तहका लेखा अधिकृत तथा पाँचौं र चौंथो तहका सहायकस्तरका लेखा कर्मचारीको सरुवा गरेको छ । लेखा समूहका अधिकृत र सहायकस्तरका कर्मचारीलाई माघ २७ गतेको मन्त्रालयको निर्णयवाट सरुवा गरिएको हो । प्रदेश सरकारले सातौं र आठौं तहका १६ जना लेखा अधिकृत, छैंठौ तहका ५२ जना लेखा अधिकृत तथा चौथौ र पाँचौं तहका लेखा सहायक ३६ जना गरी १ सय ४ जना लेखा समूहका कर्मचारीको एकैसाथ सरुवा गरेको हो ।

बागमती प्रदेश सरकार, निर्देशनालय, विभाग तथा जिल्ला तहमा रहेका कार्यालयका लेखा समूहका कर्मचारी सरुवा गरि दोलखाका बिभिन्न कार्यालयमा कार्यरत ५ जना कर्मचारीको पनि सरुवा भएको छ । जिल्लाका सरकारी कार्यालयमा कार्यरत ४ जना लेखा समूहका कर्मचारी जिल्ला बाहिर सरुवा भएर जानेछन् भने एक जनाको जिल्लाभित्रैकै कार्यालयमा सरुवा भएको छ ।

मन्त्रालयले आठौं, सातौं, र छैठौं तहका लेखा अधिकृत तथा पाँचौं र चौंथो तहका सहायकस्तरका लेखा कर्मचारीको सरुवा गरेको छ । लेखा समूहका अधिकृत र सहायकस्तरका कर्मचारीलाई माघ २७ गतेको मन्त्रालयको निर्णयवाट सरुवा गरिएको हो ।दोलखाका बिभिन्न कार्यालयमा कार्यरत ५ जना कर्मचारीको पनि सरुवा भएको छ । जिल्लाका सरकारी कार्यालयमा कार्यरत ४ जना लेखा समूहका कर्मचारी जिल्ला बाहिर सरुवा भएर जानेछन् भने एक जनाको जिल्लाभित्रैकै कार्यालयमा सरुवा भएको छ ।

जसअनुसार स्वास्थ्य कार्यालय दोलखामा कार्यरत छैटौं तहका सगुन लम्सालको भूमिगत जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय धुलिखेलमा सरुवा भएको छ । उनको स्थानमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट विनोद घिमिरे आउने भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखामा कार्यरत सहायकस्तर चौथो तहका विमल श्रीशको यातयात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङ काठमाण्डौं सरुवा भएको छ । सो स्थानमा प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौडाबाट सहायकस्तर चौंथो तहका दामोदर पाण्डे आउने भएका छन् । डिभिजन वन कार्यालय दोलखाका छैंठौ तहका लेखा अधिकृत मोहन घिमिरे मसलावाली विकास केन्द्र पाँचखाल काभ्रेपलाञ्चोक पुगेका छन् । उनको स्थानमा स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकबाट गजेन्द्रबहादुर अधिकारी आउने छन् । मन्त्रालयले जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय दोलखाका छैंठौ तहका अधिकृत केशवराज पोडेललाई स्वास्थ्य कार्यालय रामेछापमा सरुवा गरेको छ भने सितोष्ण फलफुल स्टक विकास केन्द्र दोलखाबाट सहायकस्तर पाँचौंका छत्रबहादुर कटुवाल क्षेत्रीलाई जिल्लाकै जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय खटाइएको छ ।

रामेछाप जिल्लाका भने एक जनाको मात्रै सुरुवा भएको छ । स्वास्थ्य कार्यालय रामेछापका छैंठौ तहका अधिकृत प्रमोद घिमिरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीमा सरुवा भएको छ भने उनको स्थानमा जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय दोलखाबाट केशवराज पौडेल जाने भएका छन् ।

कर्मचारी सरुवाका क्रममा सिन्धुलीका ६ जना र सिन्धुपाल्चोकका ३ जना सरकारी कार्यालयका लेखा समूहको कर्मचारीको पनि अन्यन्त्र जिल्ला सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवाको बिस्तृत विवरणः