images
images

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे, माथिल्लो तामाकोशीको शेयर ४९७ मा झर्याे

  • २९ माघ २०७९, आईतवार १६:०३

जिरी (दोलखा) । साताकोे पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको हो । सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता शेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर ५ सयबाट पनि घटेर ४९७ रुपैंयामा कारोबार भएको छ ।
समग्रमा बजार राताम्मे भए पनि आज खप्तड लघुवित्तको शेयर साढे चार प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर साढे तीन प्रतिशतले बढेको छ ।