images
images

ओखलढुंगाकी युवतीलाई एसिड प्रहार गर्नेलाई ७ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला

  • २९ माघ २०७९, आईतवार १९:०५

काठमाडौं ।काठमाडौं सितापाइलामा करिव दुई वर्षअघि एक युवतीलाई कोठा बाहिर बोलाएर एसिड प्रहार गर्ने योजनाकारलाई ७ वर्ष कैद, १० लाख क्षतिपुर्ति र साँढे दुई लाख जरिवानाको सजाय भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायधीश प्रकाशप्रसाद पण्डितले ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण गर्ने दुई जनालाई आज सजाय निर्धारण गर्दै फैसला सुनाउनुभएको हो । यसअघि सो घटनामा गत साता नेपाली नागरिक मोहम्मद आलम र भारतीय नागरिक फैयाद अन्सारीलाई दोषि ठहर गरिएको थियो । आलमको योजनामा अन्सारीले ति युवतीलाई एसिड प्रहार गरेका थिए । आलमले ढल्कुस्थित आफ्नो ब्याग गार्मेन्टमा काम गर्ने मजदुरकी बहिनीले आफुले भने अनुसार काम गर्न नमानेपछि एसिड आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । २०७७ साल साउन ११ गते कार्कीमाथि सितापाईलामा साँझपख एसिड प्रहार भएको थियो । उनी उपचारपछि सामान्य अवस्थामा फर्किएकी छिन् ।