images
images

नेपालमा २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

  • २९ माघ २०८०, सोमबार १५:५४

काठमाडौं । नेपालमा २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ।

केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० मा नेपालमा २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको जानकारी दिनुभएको हो । २०७९ सालको असार १ गतेदेखि २०८० सालको जेठसम्म गरिएको अध्ययनका लागि ९ हजार ६ सय घरपरिवारबाट नमुना भरेर प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ । सो प्रतिवेदन १२ वर्षपछि सार्वजनिक भएको हो । अघिल्लो सर्वेक्षण २०६६/६७ मा २५ दशमलव २ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । केन्द्रीय तथ्यांक कार्यालयले गरिबीको रेखा निर्धारण गर्न आम्दानी, खर्च र बहुआयामिक आधार मापदण्ड बनाएको थियो ।