images
images

एक करोड ८२ लाख नक्कली नोट बरामद, भारतीय नागरिक पक्राउ

  • २९ माघ २०८०, सोमबार १७:०७

काठमाडौं । सुनसरीबाट एक भारतीय नागरिक एक करोड ८२ लाख नक्कली नोटसहित पक्राउ परेका छन् ।

सुनसरीको ईनरुवा नगरपालिकाबाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । भारतको बिहार राज्य बिरपपुर–५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई हिजो स्कारपियो गाडीमा चेकजाँच गर्ने नेपाली नक्कली नोट फेला परेको थियो । उनले गाडीभित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले नेपाली नक्कली नोट फेला पारेपछि सो नदग सहित मोहमदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।