images
images

अमेरिकाले फर्काईदियो २३ दिनको अवधिमा २० नेपालीलाई स्वदेश

  • ३० माघ २०८१, बुधबार १३:३५

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हालेपछि अमेरिकाबाट २० नेपाली डिपोर्ट भएका छन् ।

पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई स्वदेश फर्काएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।डोनाल्ड ट्रम्पले जनवरी २० (माघ ७) मा सत्ता सम्हालेपछि हालसम्मको अवधिमा २० नेपाली डिपोर्ट भएका हुन् ।

२० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरि २० जना नेपालीलाई अमेरिकाले स्वदेश फर्काईसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।