images
images

टी–२० विश्वकपः ईटालीसँगको खेल सुरु, जितविहीन यात्रा टुंग्याउने नेपालको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणमा आफ्नो दोस्रो खेलमा नेपालले आज ईटालीविरुद्ध खेलिरहेको छ ।

इटालीविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ सुरु गरेको छ । मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गरेको हो । नेपालले इटालीविरुद्धको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी प्लेइङ ११ मा आएका छन् । ललित विश्वकपमा डेब्यु गर्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इटली पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । इटलीको यो डेब्यू विश्वकप हो भने नेपाल तेस्रोपटक टी २० विश्वकप खेल्दैछ । अघिल्लो टी २० विश्वकपमा जितविहिन रहेको नेपाल यो पटक जितको खडेरी तोड्ने दाउमा छ।

नेपालको समूहमा सबैभन्दा कमजोर आँकिएको प्रतिद्वन्द्वी इटली हो । त्यसैले आजको खेलमा नेपालले निश्चित जितसहित दुई अंक बटुल्ने आशा राखेको छ । दुवै टोलीले हारसँगै विश्वकप यात्रा सुरु गरेका छन् । नेपाल पहिलो खेलमा ईंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो भने ईटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो ।

नेपालको विश्वकप ईतिहाँस

नेपाल कडा सँघर्षको बाबजुद जितको नजिक पुगेर पनि रोकिएको थियो । १२ वर्ष अघि यो प्रतियोगितामा डेब्यु गरेको नेपालले सन् २०१४ को संस्करणमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित दर्ता गरेको थियो । तर, त्यसयता नेपालले विश्वकपमा जित हात पार्न सकेको छैन । आजको खेलमार्फत नेपाल लामो समयदेखिको जितको खडेरी टुंग्याउने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रहरुविरुद्ध तीन पटक जितको निकै नजिक पुगेर पनि नतिजा सुम्पनु परेको छ । सन् २०२४ मा नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले र बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

जारी विश्वकपमा पनि नेपालले आफ्नो पहिलो खेलमा आईतबार ईंग्ल्याण्डसँग ४ रनको हार व्यहोर्यो । अन्तराष्ट्रिय क्रिकेटमा कम अनुभवका बाबजुद नेपालले ईंग्ल्याण्डजस्तो बलियो टोलीसँग ४ रनको झिनो हार व्यहोरेको हो । नेपालले दुई पटकको विश्व च्याम्पियन ईंग्ल्याण्डलाई मैदानको हर क्षेत्रमा कडा टक्कर दिँदै विश्व क्रिकेटका ध्यानाकर्षण गर्न सफल भएको छ ।