काठमाडौँ । नेपाल टी–२० विश्वकप क्रिकेटमा ईटालीसँग १० विकेटले पराजित भएको छ ।
पहिलो खेलमा विश्वविजेता ईंग्ल्याण्डलाई कडा चुनौती दिएको नेपाल दोस्रो खेलमा भने विश्वकप डेव्युगरेको ईटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको हो । यो सँगै नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।मुम्बईको वानखेडे रंगशालामा १९.३ ओभरमा १२३ रनमा अलआउट भएको नेपाललाई ईटालीले १० विकेटको ठुलो अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको १२४ रनको लक्ष्य ईटालीले १२.४ ओभरमा विना विकेट क्षति पुरा गरेको हो । यो हारसँगै नेपालको विश्वकपमा लामो समयको जितविहिन यात्राले निरन्तरता पाएको छ । यसअघि पहिलो खेलमा नेपाल ईंग्ल्याण्डसँगको खेलमा कडा सँघर्षको बाबजुद जितको नजिक पुगेर पनि रोकिएको थियो । पहिलो खेलमा ईंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि हार टार्न नसकेको नेपाल आज भने व्याटिङतर्फ कमजोर देखिएको हो । सुरुवातदेखि नै दबाबमा परेको नेपालले लगातार विकेट गुमाउँदा ठुलो साझेदारी बनाउन सकेन ।
सन् २०१४ को संस्करणमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित दर्ता गरेको नेपालले त्यसयता विश्वकपमा जित हात पार्न सकेको छैन । आजको खेलमार्फत लामो समयदेखिको जितको खडेरी टुंग्याउने नेपालको लक्ष्य असफल बनेको छ ।
नेपालको सुपर ८ को यात्रा कठिन
विश्वकपमा डेब्यु गरेको इटलीले भने पहिलो जित दर्ता गरेको छ। समूह चरणको पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटलीले दोस्रो खेलमा आएर पहिलो जित हात पारेको हो। नेपालमाथिको जितसँगै इटलीको सुपर ८ पुग्ने सम्भावना कायम रहेको छ।
लगातार दोस्रो हारसँगै नेपाली टोली अंकविहीन रुपमा समूह सीको पुछारमा झरेको छ। दुई खेलमा एक जित र एक हार भोगेको इटली २ अंकमा तालिकाको चौथो स्थानमा उक्लेको छ। नेपालले अब समूह चरणको तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्नेछ।
सो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। समुह चरणको अन्तिम खेलमा नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ।



हाम्रो अपडेट 






