images
images

खैरो हिरोइन जस्तो पदार्थ सहित दोलखाकी एक महिला काठमाडौंमा पक्राउ

  • २८ फाल्गुन २०७८, शनिबार १९:४५

काठमाडौं । अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित दोलखाकी एक महिला सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट करिव २९ ग्राम १ सय मिलिग्राम अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ की प्रज्ञा कार्की, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ७ का रोमन भण्डारी, चौतारा साँगाचोकगढी नगरपालिका ४ का राजेश नेपाल र भारत पश्चिम बंगालका मिजाहिद राजा रहेका छन् ।

लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट खटिएको प्रहरीले रोमन र प्रज्ञाको कोठाबाट २९ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ, दुई थान डिजिटल तराजु तथा नगद १ लाख १० हजार बरामद गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा अन्य दुई जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट लागुऔषध मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको छ ।