images
images

दोलखाका तीन वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने

  • २८ फाल्गुन २०७९, आईतवार ०८:२१

दोलखा । दोलखाका ११ वटा क्याम्पसमध्ये तीन वटा क्याम्पसमा मात्रै स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ११ वटा क्याम्पसमध्ये तीन वटामा मात्रै चैत ५ गते निर्वाचन हुने भएको हो । जिरी क्याम्पस जिरी, त्रिपुरा क्याम्स नाम्दु र प्रताप समृति कलेज सिंगटी बाहेक अन्य ८ वटा क्याम्पसमा तत्काल निर्वाचन नहुने भएको छ । स्ववियु निर्वाचनका लागि हिजो मनोनयन दर्ताको समय दिइएको थियो भने आज दावि विरोधको कार्यक्रम छ । तोकिएको समय दोलखाको जिरी क्याम्पस जिरी, त्रिपुरा क्याम्पस नाम्दु र प्रताप समृति कलेज सिंगटीमा मात्रै मनोनयन दर्ता भएको छ । यी क्याम्सपमा स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघविच गठबन्धन भएको छ । यी तीनवटा विद्यार्थी संगठले साझा उम्मेदवार उठाएका छन् ।

जसअनुसार जिरी क्याम्पस जिरीमा गठबन्धनको तर्फबाट समाजवादी निकट विद्यार्थी संगठनका विनोद बस्नेतले सभापतिमा मनोनयन दर्ता गराएका छन् भने सचिवमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका लिला जिरेलले मनोनयन दर्ता गराएका छन् । सदस्यमा प्रमिला नेपालीको उम्मेदवारी परेको छ । जिरी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट सभापतिमा ज्योति खड्का, सचिवमा आङदावा शेर्पा, कोषाध्यक्षमा लक्ष्मी कार्की, सदस्यहरुमा आकृति खड्का, कुशल कार्की र सरोज कुमार जिरेलको मनोनयन दर्ता भएको छ । यस्तै प्रताव स्मृति कलेज सिंगटीमा गठनबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट सभापतिमा रुपेश अर्याल, कांग्रेस निकट नेविसंघको तर्फबाट सचिवमा गुप्तराज मैनाली र कोषाध्यक्षमा लक्ष्मी ओली तथा सदस्यमा सृष्टि पाण्डे, हितबहादुर तमाङ र राजन नेपालीको मनोनयन दर्ता भएको छ । प्रताव स्मृति कलेजमा नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट सभापतिमा बालकृष्ण ओली, सचिवमा कुलदिप पाण्डे, कोषाध्यक्षमा सन्तु जिरेल, सदस्यहरुमा युवराज बस्नेत, सर्मिला थामी र सोमली शेर्पाको मनोनयन दर्ता भएको छ ।

दोलखाका ११ वटा क्याम्पसमध्ये तीन वटा क्याम्पसमा मात्रै स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ११ वटा क्याम्पसमध्ये तीन वटामा मात्रै चैत ५ गते निर्वाचन हुने भएको हो । जिरी क्याम्पस जिरी, त्रिपुरा क्याम्स नाम्दु र प्रताप समृति कलेज सिंगटी बाहेक अन्य ८ वटा क्याम्पसमा तत्काल निर्वाचन नहुने भएको छ । प्रमुख क्याम्पसमा नै स्ववियु निर्वाचन नहुने भएपछि दोलखामा स्ववियु निर्वाचनको माहोल खासै तातेको छैन ।

यस्तै स्वतन्त्र उम्मेदवार अम्बर श्रेष्ठले पनि मनोनयन दर्ता गराएका छन् ।यसैगरी त्रिपुरा क्याम्पस नाम्दुमा गठबन्धनको तर्फबाट सभापतिमा नेविसंघका सरोज थापाको मनोनयन दर्ता भएको छ । सचिवमा माओवादी निकट विद्यार्थी संगठनका कपिल राउत, कोषाध्यक्षमा समाजवादी निकट पवित्रा गिरी तथा सदस्यहरुमा रनिसा घिमिरे, आशिसा घिमिरे र विनु घिमीरेको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेको विद्यार्थी संगठनबाट सभापतिमा सत्कार खत्री, सचिवमा शान्ति तमाङ, कोषध्यक्ष संगिता ढुंगेल तथा सदस्यहरुमा सुमि तमाङ र सरिता ढुंगेलको मनोनयन दर्ता भएको हो । यी क्याम्पसमा उपाध्यक्ष र उपसचिव पछि चयन हुने विद्यार्थी संगठनका नेताहरुले बताएका छन् ।

जिल्लाको गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोट क्याम्पस, शैलुङ, गोल्मेश्वर, हनुमन्तेश्वर, मेलुङ, सुनखानी र हिम्स कलेजमा तत्काल स्ववियु निर्वाचन नहुने भएको छ । हनुमन्तेश्वर क्याम्पस, गोल्मेश्वर र मेलुङमा विवादका कारण स्ववियु निर्वाचन प्रक्रिया सुरु भएरपनि निर्वाचन स्थगित गरिएको हो भने अन्य क्याम्पसमा निर्वाचन प्रक्रिया नै सुरु नभएको हो । हनुमन्तेश्वर क्याम्पसमा मनोनयन दर्ताको समयको विषयलाई लिएर विवाद भएपछि क्याम्पसमा केही समय तालाबन्दी समेत भएको थियो । विवाद भएपछि नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको छ ।

तालावन्दीपछि निर्वाचन प्रक्रिया रोक्ने सहमति भएको र सो सहमति लगत्तै क्याम्पसमा लगाईको ताला खोलिएको नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका जिल्ला अध्यक्ष भीम खड्काले जानकारी दिनुभयो । मेलुङमा निर्वाचनको तयारी नपुेका कारण स्ववियु निर्वाचन रोकिएको हो भने गोल्मेश्वर माविमा विद्यार्थी संगठन दर्ता भएरपनि तत्काल निर्वाचन नगर्ने निर्णय भएको छ । प्रमुख क्याम्पसमा नै स्ववियु निर्वाचन नहुने भएपछि दोलखामा स्ववियु निर्वाचनको माहोल खासै तातेको छैन ।