images
images

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानल विजयी, अध्यक्षमा थापा मगर

  • २८ फाल्गुन २०७९, आईतवार १०:१३

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नवीन थापा मगरको टिम नै विजयी भएको हो । अध्यक्षमा निर्वाचित थापामगरले ६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले ५३९ मत मात्रै पाएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठलाई पराजित गर्दै प्रकाश कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रकाशले ६४१ मत पाउँदा प्रतिद्वन्द्वी सुमिकाले ५६२ मत मात्रै पाएकी छन् । यस्तै वाणिज्य उपाध्यक्षमा गठबन्धनबाटै राम सुदिश साह सोनार (सुदिश), उद्योग उपाध्यक्षमा आकाश रिजाल महासचिवमा कुमार श्रेष्ठ निर्वाचित निर्वाचित भएका छन् । यस्तै सचिवमा गठबन्धनकै यज्ञप्रसास सुवेदी कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम), आजिवन सदस्यमा प्रमोदकुमार श्रेष्ठ र महिला सदस्यमा जया सुवेदी निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा पनि गठबन्धनकै अर्विनकुमार श्रेष्ठ, राजु श्रेष्ठ (विजय), वासुदेव फुयाँल, श्यामकुमार श्रेष्ठ र हरेराम क्षेत्री निर्वाचित भएका छन् । हिजो संघको निर्वाचनमा कूल १३ सय ८७ मतमा कूल १२ सय ५३ मत खसेको थियो ।