
युक्रेन र अमेरिकाबीच एक महिना अस्थायी युद्धविराम गर्ने सहमति भएको छ ।
साउदी अरेबियामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ताको क्रममा ३० दिने अस्थायी युद्धविराम गर्ने सहमति भएको हो । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र रुसले पनि समर्थन गर्ने आशा व्यक्त गरिएको बताउनु भएको छ ।
रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । यो बीचमा युक्रेन युद्धविरामका लागि तयार भएको पहिलोपटक हो । युद्धविरामको निर्णय लिनुअघि युक्रेनले रुसको राजधानी मस्कोमा हालसम्मकै ठूलो हमला गरेको थियो । २०० बढी ड्रोन प्रहार हुँदा ९० जति ड्रोन मस्कोमा केन्द्रित थियो ।