images
images

माओवादीको सर्कुलरः जिल्लामा कम्तिमा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउनुपर्ने

  • २९ चैत्र २०७८, मंगलवार ०९:५८

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) ले प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ ।

स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै माओवादीले प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिनुभएको छ ।

एक पालिकाबाट न्यूनतम एक महिला वडाध्यक्ष र एक जिल्लाबाट न्यूनतम १ महिला पालिका प्रमुख वा अध्यक्ष अनिवार्य गराउँदा देशभरीबाट माओवादी पार्टीबाट मात्रै न्यूनतम ७७ पालिका प्रमुख वा अध्यक्ष र न्यूनतम ७ सय ५३ वडा अध्यक्ष हुने माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले बताउनुभयो । हेर्दा सामान्य जस्तो लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि यो निकै महत्वपूर्ण हुनेको उहाँको भनाई  छ । सर्कुलरमा सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गतेभित्र गरिसक्नु पर्ने निर्देशन समेत दिइएको छ ।