images
images

बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड

  • २९ चैत्र २०७८, मंगलवार १०:०७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी हाइड्रोपावरको आईपिओ आज बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा आज बिहान आईपिओ बाँडफाँट भएको हो । जसअनुसार १ लाख ६६ हजार ३ सय ४२ जनाले १०/१० कित्ता र ३ जनालाई ११/११ कित्ताका दरले कम्पनीको सेयर परेको छ । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपिओ निष्काशन गरेको थियो । आईपिओमा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए ।

कुल निश्कासनमध्ये १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणमा बिक्री खुला गरिएको थियो । कम्पनीले यसअघि नै आयोजना प्रभावित सिन्धुपाल्चोकको स्थानियलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता सेयर बिक्री गरिसकेको छ ।