काभ्रेपलाञ्चोक । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी काभ्रेपलाञ्चोककी चार महिने शिशुको मृत्यु भएको छ ।
भक्तपुरको नलिञ्चोकमा मोटरसाइकल दुर्घटना हुदाँ काभ्रेपाल्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १ का बुद्ध तमाङ र सुस्मिता तमाङकी चार महिने शिशु लोसाङ डोल्माको मृत्यु भएको हो । साँगाबाट जगातीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ डोल्मा गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते उनको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा परी बुद्ध र सुस्मिता पनि घाइते भएका छन् ।