images
images

कुनै एक पदमा मात्रै महिला उम्मेदवार हुनुपर्ने निर्णय खारेज

  • २९ चैत्र २०७८, मंगलवार १५:०२

काठमाडौं । निर्वाचन आयोगले कुनै एक पदमा मात्रै महिला उम्मेदवार हुनुपर्ने निर्णय खारेज गरेको छ ।

स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पददमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनितिक दलले महिलालाई उठाउनुपर्ने यसअघि गरेको निर्णय खारेज गरेको हो । राजनितिक दलहरुले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण गराएपछि आयोगले निर्णय सच्याएको हो । आयोगले चैत २२ गते दलहरुलाई जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनितिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको उल्लेख छ ।