images
images

तामाकोशीमा केसीलाई अध्यक्षको उम्मेदवार बनाउने नेकपा माओवादी केन्द्रको निर्णय

  • २९ चैत्र २०७८, मंगलवार १८:५५

दोलखा । नेकपा माओवादी केन्द्रले दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसीलाई उम्मेदवार बनाउने भएको छ ।

लामो समयदेखि पार्टीमा सक्रिय केसीलाई माओवादीले पालिका अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । २०५६ सालदेखि माओवादीमा सक्रिय रहेका उनलाई उम्मेदवार बनाउने निर्णय भएको छ । केन्द्रिय सुरक्षा विभागको सदस्य एवम् तामाकोशी गाउँपालिकाका पुर्व इन्चार्ज समेत बनीसकेका केसीलाई माओवादीले पालिका प्रमुखमा उम्मेदवार बनाएको हो ।माओवादीले तामाकोशी गाउँपालिकाको दुई वटा वडामा उम्मेदवार समेत चयन गरेको छ ।

जसअनुसार तामाकोशी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा सुरेस उप्रेति र वडा नम्बर ४ मा खड्ग विक्रम खड्कालाई उम्मेदवार बनाइने भएको हो । अन्य वडाका उम्मेदवार दुईदिनभित्र टुंगो लगाउनेगरी छलफललाई तिव्रता दिएको नेताहरुले बताएका छन् । उम्मेदवारी दर्ता गर्ने समय नजिकिएसँगै माओवादी केन्द्र दोलखाले धमाधम उम्मेदवार टुंगो लगाउन थालेको हो ।