images
images

नेकपा माओवादी केन्द्रले वैतेश्वरको अध्यक्षमा पत्रकार खड्कालाई उम्मेदवार बनाउने

  • २९ चैत्र २०७८, मंगलवार १९:५६

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले आगामी स्थानीय तह निर्वाचनका लागि धमाधम उम्मेदवार टुंगो लगाउन थालेको छ ।

निर्वाचन आउन ३१ दिन मात्रै बाँकी रहँदा माओवादी केन्द्र दोलखाले उम्मेदवार टुंगो लगाउन थालेको हो । माओवादीले हालसम्म दोलखाको वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका अध्यक्ष टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले वैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्कालाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । वैतेश्वरमा गाउँपालिकाको प्रमुख लिएर मात्रै चुनावि तालमेल गर्ने निर्णय गर्दै माओवादीले पालिका अध्यक्षमा खड्कालाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

गाउँपालिका अध्यक्ष नछोड्ने अडानमा रहेको माओवादीले यस्तो निर्णय गरेको हो । सचिवालय बैठकमा नेकपा माओवादी केन्द्र वैतेश्वर गाउँपालिकाका अध्यक्ष भीमबहादुर श्रेष्ठको प्रस्ताव र माओवादी नेता एवम् गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य तथा सचिवालय सदस्य सुब्बा श्रेष्ठको समर्थनमा खड्कालाई सर्वसम्मत उम्मेदवार बनाइएको हो ।

आज बसेको सचिवालय बैठकले वैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्कालाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । वैतेश्वरमा गाउँपालिकाको प्रमुख लिएर मात्रै चुनावि तालमेल गर्ने निर्णय गर्दै माओवादीले पालिका अध्यक्षमा खड्कालाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । खड्का २२ वर्ष लामो पत्रकारीता पृष्ठभुमिबाट आएका हुन् । पत्रकारितामा अब्बल खड्का सामाजिक क्षेत्रमा पनि उत्तिकै चर्चित छन् ।

खड्का २२ वर्ष लामो पत्रकारीता पृष्ठभुमिबाट आएका हुन् । माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव तथा देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपालको केन्द्रीय कोषाध्यक्ष समेत भईसकेका खड्का पछिल्लो पटक नेकपा माओवादी केन्द्रको केन्द्रीय प्रचार विभाग सदस्यको जिम्मेवारीमा थिए । पत्रकारितामा अब्बल खड्का सामाजिक क्षेत्रमा पनि उत्तिकै चर्चित छन् । उनकै पहलमा वैतेश्वरमा धेरै विकास निर्माणका कामहरु भएको र जनताले रुचाएको उम्मेदवार भएकाले खड्का सर्वसम्मत पालिका अध्यक्षको उम्मेदवार चयन भएका हुन् । हक्की स्वभावका खड्का जिल्लामा निडर र प्रखर वक्ताका रुपमा परिचित छन् ।माओवादीले वैतेश्वरका चार वटा वडाका अडाध्यक्ष पनि टुंगो लगाएको छ ।

जस अनुसार वैतेश्वर गाउँपालिका वडा नम्बर २ मा राजुकुमार तमाङ, वडा नम्बर ४ मा लक्ष्मण चौंलागाई, वडा नम्बर ५ मा भुवन घिमिरे र वडा नम्बर ७ मा मिनकुमार शिवाकोटीलाई वडाध्यक्ष उठाउने निर्णय भएको छ । वडाको पार्टी कमिटी संगठनले चयन गरेका उम्मेदवारको नाम आजको सचिवालय बैठकले अनुमोदन गरेको हो । वैतेश्वरका अन्य वडाहरुमा पनि चाँडै उम्मेदवार टुंगो लगाउनेगरी छलफललाई तिव्रता दिइएको माओवादी नेताहरुले बताएका छन् ।