images
images

सिन्धुलीमा कार दुर्घटनामा परी चार जनाको मृत्यु, एक गम्भिर घाईते

  • २९ चैत्र २०७९, बुधबार ०६:३१

सिन्धुली । सिन्धुलीमा कार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

गएराति साँढे १२ बजे सिन्धुलीको कमलामाई नगरपालिका ३ गढी गेट नजिकै बिपि लोकमार्गमा पुर्वदेखि काठमाडौं आउँदै गरेको विआर ०६ डिडि ०६८७ नम्बरको इन्डियन कार आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचारका क्रममा मृत्यु भएको छ । मृतक चारै जनाको सनाखत हुन बाँकी रहेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएक पुरुषको पनि पहिचान खुलेको छैन । कारमा पाँच जना सवार थिए । कार आफैं अनियन्त्रित भएर सडकबाट करिव ५ सय फिट तल खसेको थियो ।