
काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ ।
जयपृथ्वी लोकमार्गअन्र्तगत पाटन नगरपालिका ८ स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ बाँझका ६० वर्षीय मने बोहरा ,सोही स्थानका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् ।
बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ बजे दुर्घटना भएको हो । जीप खस्नेक्रममा सडमै हामफालेका पाँच जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीप आफैं अनियन्त्रित भएर सडकबाट तल खसेको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।