images
images

सगरमाथामा हिमपहिरोः तीन जना आरोहीको मृत्यु, उद्धारमा कठिनाई

  • २९ चैत्र २०७९, बुधबार १६:०३

सोलुखुम्बु । सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरोमा परी तीन जना आरोहीको मृत्यु भएको छ ।

खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हामु गाउँपालिका ५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हो । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । इम्याजिन टे«क प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भुमिका रहेका उनीहरुको मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

आज एक्कासि आएको हिमपहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । खोंचमा भएको शव निकाल्न समस्या भएको प्रहरीले जनाएको छ । वसन्तु ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानविय क्षति भएको हो ।

फाइल तस्विरः