images
images

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

  • २९ चैत्र २०७९, बुधबार १८:४३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौति नगरपालिकामा ९० वर्षिया एक बृद्धाको हत्या भएको छ ।

पनौति नगरपालिका बल्थलीकी ९० वर्षिया बृद्धा कान्छी थापाको आज धारिलो हतियार प्रहारबाट हत्या भएको हो । घटनामा संलग्न भएको आशंकामा उनका छोरा ५२ वर्षिय विश्व थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहराले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।