images
images

सिन्धुपाल्चोकमा स्ववीयु निर्वाचनः अनेरास्ववियु पहिलो, अखिल क्रान्तिकारी दोस्रो स्थानमा

  • ३० चैत्र २०८१, शनिबार १७:०३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा एमाले निकट अनेरास्ववीयु पहिलो भएको छ ।

जिल्लाका प्रतिस्पर्धी संगठनलाई पछि पार्दै सिन्धुपाल्चोकमा अनेरास्ववियु पहिलो संगठन भएको हो । जिल्लामा ३ वटा क्याम्पस जित्दै अखिल क्रान्तिकारी दोस्रो र २ वटा क्याम्पस जित्दै नेबिसंघ तेस्रो भएका छन् । जिल्लाको १२ वटा क्याम्पसमध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । बाँकी २ वटा क्याम्पसमा स्ववीयु निर्वाचन हुन बाँकी रहेको छ ।

बाँकी रहेको २ वटा क्याम्पसमा पनि अनेरास्वीयुको जित हुने सुनिश्चत भएको अनेरास्ववियु सिनधुपाल्चोकको जिल्ला ईन्चार्ज कमल बुढाथोकीको दाबी छ ।

एमाले निकट अखिलले सुनकोसी बहुमुखी क्याम्पस सभापति, ठोकर्पा सामुदायिक क्याम्पस सभापति, इन्द्रावती क्याम्पस सभापति, सिन्धु भ्याली क्याम्पस सभापति,अरनिको कलेजमा सचिव लगायत सदस्य ककलिङ क्याम्पसमा सचिव लगायत सदस्य, जुगल क्याम्पसमा सचिव र कोषाध्यक्ष, मेलम्ची भ्याली क्याम्पसमा सचिव, कोषाध्यक्षलगायत सदस्यमा जितेर संगठन पहिलो बनाएको हो ।