
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको काम राष्ट्रिय सहमतिबाट टुंग्याउनुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको काम बहुमतबाट नभई सहमतिबाट टुंग्याउनुपर्ने बताउनुभएको हो । शान्ति प्रक्रिया राम्रोसँग नटुगिंएमा समाजमा द्धन्द्ध निम्तिन सक्ने उहाँको भनाई छ । यो विषय सबैको योगदान बिना टुंगिने विषय नभएको भन्दै अध्यक्ष प्रचण्डले संक्रमणकालिन न्यायप्रति संवेदनशील भएर जिम्मेवारी पूर्वक टुंगोमा पु¥याउन सबै लागि पर्नुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले जनयुद्ध फेरी कसैले चाहँदैमा नहुने धारणा राख्नुभयो । दुई चार जना उफ्रेको भरमा जनयुद्ध नहुने भन्दै उहाँले फेरी अर्काेले साँच्चै लडेर बन्दुक उठाएर देखाउन सजिलो नभएको तर्क गर्नुभयो । राजावादी प्रदर्शनतर्फ लक्षित गर्दै उहाँले जनयुद्ध तीनकुनेमा आगलागी र हत्या जस्तो सजिलो नहुने टिप्पणी गर्नुभएको हो ।