images
images

अमेरिका–इरान बीचको युद्धविराममा आगामी कदम के हुन्छ ?

  • २९ चैत्र २०८२, आईतवार १२:१७

पाकिस्तानको इस्लामबादमा भएको शान्तिवार्ता विफल हुनुका कारणबारे अमेरिकी र इरानी पक्षले फरकफरक प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

अमेरिकाले युद्ध अन्त्य गराउने वार्तालाई विफल बनाइदिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ। अर्कोतर्फ अमेरिकी पक्षले वार्तामा आफूहरू “लचिलो” र “सहयोगी” भएको जनाएको छ।

आगामी कदम के हुन्छ ? 

दुई साताका लागि गरिएको युद्धविराममा अब आगामी कदम के हुने छ अथवा थप वार्ताहरू हुने छन् वा छैनन् भनी स्पष्ट भएको छैन।

शान्तिवार्ताको मध्यस्थता गरेको पाकिस्तानका विदेशमन्त्रीले नतिजा पश्चात्‌ प्रतिक्रिया दिएका छन्। “दुवै पक्षले युद्धविराम प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिनु अत्यावश्यक रहेको” विदेशमन्त्रीले एउटा वक्तव्य मार्फत्‌  बताएका छन्।

४० दिनपछि युद्धविराम

अमेरिका र इजरायलले मिलेर इरानमा आक्रमण गर्न थालेको ४० दिनपछि युद्धविराम घोषणा भयो। त्यसको केही घण्टाअघि ट्रम्पले होर्मुज जलमार्ग खोल्न इरान तयार नभए “आज राति एउटा पूरै सभ्यता नष्ट हुने छ” भनेर कडा चेतावनी दिएका थिए।

स्ट्रेट अफ होर्मुज खाडी क्षेत्रबाट तेल र अन्य सामग्री निर्यात गर्न प्रयोग हुने निकै महत्त्वपूर्ण जलमार्ग हो। वार्तापछि अमेरिका र इरानले फरक–फरक प्रतिक्रिया सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एजेन्सीको सहयोगमा ।