images
images

सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

  • २९ बैशाख २०७९, बिहीबार ०८:३३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर ३ पाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप भएको हो । गएराती दुई पक्षबिच झडप भएको सिन्धुपाल्चोककका प्रहरी नायव उपरीक्षक डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । झडपका क्रममा कुटपिट हुदाँ कांग्रेसका कार्यकर्ता मानदोर्जे तमाङ र एमालेका खेन्जो तमाङ घाइते भएका छन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले छिरिङ दोङ भन्ने प्रेम सिंह पाखिन, आइतमान तमाङ र मनजित तमाङलाई पक्राउ गरेको छ । खेन्जो तमाङको घरमा ढुंगा हानेको विषयमा विवाद हुदाँ झडपको स्थिती आएको थियो ।