images
images

रामेछापको उमाकुण्डमा खुकुरी प्रहारबाट कांग्रेस वडाध्यक्षका उम्मेदवार गम्भीर घाइते

  • २९ बैशाख २०७९, बिहीबार १०:२९

जिरी (दोलखा) । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवार रमेश सुनुवारमाथि खुकुरी प्रहार भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सुनुवारलाई कुँबुकास्थलीमा सुनुवारमाथि खुकुरी प्रहार भएको हो । नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले सुनुवारलाई खुकुरी प्रहार गरेको आरोप छ । खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएको नेपाली कांग्रेसको तर्फबाट उमाकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार बनेका जीतबहादुर काटुवालले जानकारी दिनुभयो । गम्भीर घाइते सुनुवारलाई उपचारका लागि वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ । पबित्र सुनुवारको नेतृत्वमा आएका केही अराजक समूहले सुनुवारमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीको नेतृत्व गर्ने सुनुवारसहित केही कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पठाइसकेको रामेछाप प्रहरीले जनाएको छ ।