images
images

स्थानीय तह निर्वाचनमा नाम ढाँटेर मतदान गर्न आउनेलाई २५ हजारसम्म जरिवाना हुने

  • २९ बैशाख २०७९, बिहीबार १३:३९

काठमाडौं । स्थानीय तह निर्वाचनमा शारीरिक रुपमा अशक्त मतदाताले एकाघरको परिवार साथमा लिएर मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले दृष्टिविहिन वा शारीरीक रुपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउने व्यवस्था हो । यस्तै कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्का मतदाताको नाममा मतदान मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैँया धरौटी राखेर कारबार्हीको माग गर्न सक्ने व्यवस्था छ । छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैँयासम्म जरिवाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ ।

मुलुकभरका स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न शुक्रवार मतदान हुँदैछ । मतदानका लागि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् । मतादाताले प्रमुख/अध्यक्ष, उपप्रमुख / उपाध्यक्ष, वडाअध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्नेछ । त्यसैले हरेक मतदाताले मतपत्रमा ७ स्थानमा स्वस्तिक छाप लगाउनुपर्छ ।