images
images

जिरीमा पक्राउ परेका बाहिरी जिल्लाका १३ जना युवा विरुद्ध मुद्धा दर्ता

  • २९ बैशाख २०७९, बिहीबार १४:५८

दोलखा । स्थानीय तह निर्वाचनको मुखमा दोलखाको जिरी नगरपालिकाबाट पक्राउ परेका बाहिरी जिल्लाका १३ जना युवक विरुद्ध मुदा दर्ता भएको छ ।

मंगलबार राति जिरीको लिंकन बजारबाट पक्राउ परेका बाहिरी जिल्लाका १३ जना युवकहरु विरुद्ध प्रहरीले शान्ति सुरक्षा विरुद्धको कसुर अन्र्तगत मुद्धा दर्ता गरेर अनुसन्धान सुरु गरेको हो । सोमबारराति प्रहरीले ५ वटा स्कारपियोमा सवार ३८ जनाको समुहलाई खरिढुंगा नाकाबाट फिर्ता गरेको थियो । त्यसमध्ये १३ जना युवकहरु रामेछाप हुँदै फेरि जिरीमा आएको पाइएकाले उनीहरु विरुद्ध शान्ति सुरक्षा विरुद्धको कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । मंगलबार राति ११ बजे प्रहरीले जिरीबाट २० जना युवकहरुलाई नियन्त्रणमा लिएको थियो ।

स्थानीय तह निर्वाचनको मुखमा दोलखाको जिरी नगरपालिकाबाट पक्राउ परेका बाहिरी जिल्ला १३ जना युवक विरुद्ध मुदा दर्ता भएको छ । सोमबारराति प्रहरीले ५ वटा स्कारपियोमा सवार ३८ जनाको समुहलाई खरिढुंगा नाकाबाट फिर्ता गरेको थियो । त्यसमध्ये १३ जना युवकहरु रामेछाप हुँदै फेरि जिरीमा आएको पाइएकाले उनीहरु विरुद्ध शान्ति सुरक्षा विरुद्धको कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसमध्ये प्रहरीले रामेछापको लिशंखुपाखर गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय रमेश लामा, मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ का १८ वर्षिय सन्जे लामा, काठमाडौं महानगरपालिका वडा नम्बर २३ का २३ वर्षिय श्रीष महर्जन सोही स्थानका २७ वर्षिय संजिव कपाली विरुद्ध मुद्धा चलाएको हो । यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का २६ वर्षिय सरोज भनिने गायत्री वली, काभ्रेपलाचोकको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ का २४ वर्षिय आयुष लामा, बेथानचोक गाउँपालिका वडा नम्बर २ का ३२ वर्षिय राज तिमल्सिना,काठमाडौं महानगरपालिका वडा नम्बर १७ का ३३ वर्षिय ईश्वर घतानी, रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ का २८ वर्षिय रुपेश आलेमगर विरुद्ध शान्ति सुरक्षा विरुद्धको कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी रामेछापको सुनपाति गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिय लाल बहादुर पाख्रिन तमाङ, धादिको थाक्र्रे गाउँपालिका वडा नम्बर ५ का २० वर्षिय बिवश तमाङ, सिन्धुलीको मरिन गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय सुर्य बहादुर पुलामी र सिन्धुलीमाडी नगरपालिका वडा नम्बर ७ का २७ वर्षिय रामकाजी श्रेष्ठ विरुद्ध मुदा दर्ता भएको छ । मुद्धा दर्ता गरेर उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचन विल्थोल्ने प्रयोजनका लागि उनीहरुलाई भित्र्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।