images
images

तामाकोशीबाट मतदाता परिचयपत्र खोस्ने वडाध्यक्ष पक्राउ परेको विषय आयोगले ग¥यो सार्वजनिक

  • २९ बैशाख २०७९, बिहीबार १७:१९

दोलखा । निर्वाचन आयोगले दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटबाट मतदाता परिचयपत्र खोसेको आरोपमा वडाध्यक्ष पक्राउ परेको विषय सार्वजनिक गरेको छ ।

आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले आज पत्रकार सम्मेलन गरी तामाकोशी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १ सय २५ थान मतदाता परिचयपत्र लिएर फरार भएको विषयमा जानकारी गराउनुभएको हो । वडा कार्यालय भवनस्थित मतदानस्थलमा मतदाता परिचयपत्र वितरण गरिरहेका बेला सहायक मतदान अधिकृत हरिशरण भट्टराईको साथबाट काफ्लेले मतदाता परिचयपत्र खोसेर लगेको आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र लिएर फरार रहेका उनलाई हिजै दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ । हाल प्रहरी हिरासतमै रहेका उनीविरुद्ध निर्वाचन कसुर अन्तर्गत कारवार्ही अघि बढाइएको निर्वाचन आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।