दोलखा । डोजरले उचालेको ढुंगाले लागेर दोलखाको भीमेश्वर नगरपालिकाका एक युवकको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ५ भिरामुनिका २१ वर्षिय विजय श्रेष्ठको आज दिउँसो डोजर खनेर निकालेको ढुंगाले लागेर मृत्यु भएको हो । भीमेश्वर नगरपालिकास्थित तामाकोशी–काठमाडौं २२०/४ सय केभी प्रसारण लाइनको टावर निर्माणका लागि खाल्डो खन्ने क्रममा खाडलबाट ठुलो ढुंगा निस्किएको थियो । सो ढुंगा पन्छाउनका लागि डोजरले उचालेको बेला डोजरको बक्सबाट खसेको ढुंगाले लागेर उनी बेहोस भएका थिए । बेहोस भएका उनलाई उपचारका लागि चरिकोट ल्याउने क्रममा बाटोमै मृत्यु भएको भीमेश्वर नगरपालिका वडा नम्बर ५ का वडासदस्य श्रीकृष्ण बस्नेतले जानकारी दिनुभयो ।
ष्ठको घर नजिकै डोजरले ढुंगा पन्छाएको हेर्न गएका उनको ढुंगाले लागेर मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी गंगाप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि चरिकोट अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले जानकारी दिनुभयो । मृतक श्रेष्ठले ५ महिना अघि मात्रै विवाह गरेका थिए ।