दोलखा । स्थानीय तह निर्वाचनका लागि दोलखामा सम्पुर्ण तयारी पुरा भएको छ ।
निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । निर्वाचनका लागि सबै पालिकामा मतदानस्थल र मतगणना स्थल पनि तयार गरिएको छ । यो पटकको निर्वाचनको मतगणनाका लागि जिल्लाका सबै मतगणनास्थलमा सिसि क्यामेरा जडान गरिएको छ । सीसी क्यामेरा जडानसहित तार जालीको व्यवस्था गरेर मतगणनास्थल तयार पारिएको निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् । जिल्लाको ९ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहकोे गाउँकार्यपालिकाको भवनमा मतगणना हुने भएको छ भने २ वटाकोे विद्यालय भवनमा र एउटाको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा मतगणना गरिने भएको छ ।
जसअनुसार भीमेश्वर नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यलयमा हुने भएको छ । सो स्थानमा सीसीक्यामेरा जडान गर्नुका साथै जेनेरेटरको व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत भीम पाण्डेले जानकारी दिनुभयो । यस्तै, जिरी नगरपालिकामा जिरी प्राविधिक शिक्षालयको हलमा मतगणनास्थल बनाइएको छ भने कालिञ्चोक गाउँपालिकामा अस्थायी गाउँकार्यपालिकाको भवनमा मतगणना गरिने भएको छ । शैलुङ गाउँपालिकामा पनि मतगणनास्थल तयार भएको छ । गाउँपालिकाको न्यायीक प्रशासनको भवनमा ८ वटा सिसि क्यामेरा राखेर र आसपासमा तारजाली राखेर मतगणनास्थल तयार पारिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि दोलखामा सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि सबै पालिकामा मतदानस्थल र मतगणना स्थल पनि तयार गरिएको छ । यो पटकको निर्वाचनको मतगणनाका लागि जिल्लाका सबै मतगणनास्थलमा सिसि क्यामेरा जडान गरिएको छ । सीसी क्यामेरा जडानसहित तार जालीको व्यवस्था गरेर मतगणनास्थल तयार पारिएको निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् । जिल्लाको ९ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहकोे गाउँकार्यपालिकाको भवनमा मतगणना हुने भएको छ भने २ वटाकोे विद्यालय भवनमा र एउटाको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा मतगणना गरिने भएको छ ।
गौरीशंकर गाउँपालिकामा पालिकाको सभालमा मतगणना गरिने भएको हो । सो स्थानमा तारजालीको व्यवस्था गरेर र निर्वाचन अयोगको मापदण्डअनुसार सिसिक्यामेरा राखेर मतगणनास्थल बनाइएको छ भने मेलुङ गाउँपालिकाको मतगणना भेड्पु ४ स्थित भीम मावि बुद्धचोकको भवनमा हुने भएको छ । सो विद्यालयको एउटा कोठामा ६ वटा सीसी क्यामेरासहित तारजाली लगाइएको निर्वाचन अधिकृत विनोद कुमार खड्काले जानकारी दिनुभयो । यसैगरी तामाकोशी गाउँपालिकामा गाउँपालिकाको कार्यालयको सभाहलमा तारजाली लगाएर मतगणस्थल तयार गरिएको छ ।
विगु गाउँपालिकाको वडानम्बर ४ सिंगटीस्थित गाउँपालिकाको भवनमा मतगणनास्थल निर्माण गरिएको छ । निर्वाचन अधिकृत शिवकुमार पोखरेलका अनुसार सो स्थानमा बाहिरभित्र गरी ८ वटा सिसिक्यामेरा जडान गरिएको छ । वैतेश्वर गाउँपालिकाको मतगणना गाउँपालिकाको कार्यालयमा हुनेछ । पाडुडाँडास्थित गाउँपालिकाको भवनमा ४ वटा सिसिक्यामेरा जडान गर्नुका साथै तारजाली लगाएर मतगणनास्थलको व्यवस्था गरिएको निर्वाचन अधिकृत वशिष्ट कुमार घिमिरेले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न भए लगत्तै मतगणना गर्नका लागि सबै पालिकामा मतगणना स्थल पनि तयारी अवस्थामा राखिएको हो ।
दोलखामा स्थानीय तह निर्वाचनका लागि ९ वटा पालिकामा ९४ वटा मतदानस्थल र १ सय ९३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ८० हजार ५ सय १७ जना पुरुष र ७९ हजार ५ सय ७९ जना महिला गरी कुल १ लाख ६० हजार ९६ जना मतदाता रहेका छन् । निर्वाचनका लागि २३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ भने ९ सय ६१ जना कर्मचारीहरु खटिएका छन् ।