images
images

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, १८ जना घाईते

  • २९ बैशाख २०८०, शुक्रबार ०६:२८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

घाईतेमध्ये तीन जनाको अवस्था गम्भिर छ । दुर्घटनामा परी इन्द्रावती गाउँपालिका १० का ४५ वर्षिय नारायण थापा, बस चालक इन्द्रावती गाउँपालिका ४ का ३० वर्षिय जिवन तमाङ र सोही स्थानका २२ वर्षिय रामचन्द्र पौडेल गम्भिर घाईते भएका हुन् । टाउको र पेटमा चोट लागेर गम्भिर घाईते भएका उनीहरुको चौतारा अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका डीएसपी चन्द्र भुषन यादवले जानकारी दिनुभयो ।

जलविरे खमारेबाट बेहुली लिएर इन्द्रावती गाउँपालिका १० पाटी गाउँतर्फ जाँदै गरेको बा २ ख ८४२२ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका ७ झ्याडीखोला स्थित भित्रि सडकखण्डमा अचानक ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका अन्य सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार रहेका थिए ।