images
images

सुरक्षण मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार, निवर्तमान निर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दायर

  • ३० बैशाख २०८१, आईतवार १५:४७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै पौडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । यो सँगै पौडेलविरुद्ध भ्रष्टचार सम्बन्धी तेस्रो मुद्धा दायर भएको हो । उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भन्दै गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

पौडेलविरुद्ध अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर विवरण लुकाइ नेपालमा नियुक्ति लिएको आरोपमा केही साताअघि मात्रै दोस्रो मुद्दा दायर भएको थियो ।