images
images

प्रहरी हवल्दारको टाउकोमा बञ्चरो प्रहार गर्ने दास पुर्पक्षका लागि थुनामा

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाको बागखोरमा डिउटीमा खटिएका प्रहरी हवल्दारमाथि बन्चरो प्रहार गर्ने पुरुष पुर्पक्षका लागि थुनामा गएका छन् ।

जिल्ला न्यायधिश माधवप्रसाद सुवेदीको ईजलासले बन्चरो प्रहार गर्ने ५५ बर्षिय ज्ञानबहादुर दासलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । दासमाथि ज्यान मार्ने उद्योग मुद्धामा अनुसन्धान पुरा गरि आज अदालत पेश गरिएकोमा पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार अन्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दासविरुद्ध मुलुकी अपराध संहित २०७४ को दफा १ सय ८३ को उपदफा १ बमोजिमको कसुरमा उपदफा २ बमोजिमको सजाय माग दावि गरिएको छ । सो ऐनमा प्रतिवादीलाई १५ वर्षसम्म कैद सँजाय हुने व्यवस्था रहेको छ ।

गत बैशाख ७ गते बाघखोर प्रहरी चौकीमा कार्यरत रौतहटको चन्द्रनिगाहपुर स्थायी घर भएका ४० वर्षिय प्रहरी हवल्दार दिपक चौधरीमाथि डिउटीमा खटिएकै बेला स्थानीय ज्ञानबहादुर दासले बञ्चरो प्रहार गरेका थिए । बागखोर बजारमै टेलर्स सञ्चालन गर्दै आएका दासलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।