images
images

स्कुटरमा लागु औषध बोकेर हिँडेका सिन्धुपाल्चोकका युवक पक्राउ

  • २९ बैशाख २०८२, सोमबार ११:१४

काठमाडौं । स्कुटरमा लागु औषध बोकर हिँडेका सिन्धुपाल्चोकका युवक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भई हाल काठमाडौं टेकु बस्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ पक्राउ परेका हुन् । बा ९७ प ५९४२ नम्बरको स्कुटरमा लागु औषध बोकेर हिंडेको अवस्थामा काठमाडौंको बाफलबाट श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथबाट प्रहरीले ट्रामाडोल ८८ क्याप्सुल, नाइट्राजेपाम १ हजार क्याम्पसुल,, नगद १६ हजार, २ थान मोबाइल र स्कुटर बरामद गरेको छ ।

लागुऔषधको कसुरमा श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।