
काठमाडौं । अवैध हुन्डीको कारोबार गरेको आरोपमा रामेछापका एक सहित २ जना पक्राउ परेका छन् ।
हुन्डी कारोबार गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका–६ का २८ वर्षीय खेटराज श्रेष्ठ र खोटाङको बराहपोखरी गाउँपालिका–२ का २३ वर्षीय विजय कुमार राई पक्राउ परेका हुन् । श्रेष्ठ र राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बिशाल बजार एरीयाबाट पक्राउ गरेको हो ।
राईको साथबाट २५ लाख र श्रेठको साथबाट १७ लाख १९ हजार गरी जम्मा ४२ लाख १० हजार हुन्डीको रकम समेत बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
फक्राउ परेका दुबैजनालाई सो रकम सहित थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।