images
images

जब फरार सूचीमा रहेका एमाले सांसद प्रधानमन्त्रीसँगै कार्यक्रममा देखिएपछि……

  • २९ बैशाख २०८२, सोमबार १७:२५

काठमाडौँ । नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका प्रदेश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा देखिएका छन् ।

फरार सूचीमा रहेका कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी एमाले सांसद विष्णु पन्थी प्रधानमन्त्री ओलीसँगै अतिथिको रुपमा देखिएका हुन् । सांसद पन्थी लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँगै अतिथिका रुपमा सहभागी भएका हुन् । १० महिना पहिले नै पक्राउ गर्न अदालतबाट अनुमति लिईसकेको प्रहरीले खुलेआम हिँडिरहेका सांसद पन्थीलाई पक्राउ गर्न नसकेको हो । पन्थी विरुद्ध पक्राउ पुर्जी जारी भएको हल्ला फैलिएपछि उनी फरार भएका छन् । पक्राउ पुर्जी जारी भएका ५० वर्षिय पन्थी आज कार्यक्रमस्थलबाट प्रहरीको आँखा छलेर भाग्न सफल भएका छन् ।

गौतमबुद्ध हाईड्रोपावर प्रालिका सञ्चालक समेत रहेका सांसद पन्थीको कम्पनीले विराटनगरको पल्लवी ईलेक्ट्रा प्रालिको विद्युतीय सामाग्री लगेर बिल नतिरेको आरोप छ । २०८१ साल जेठ ३२ मा अदालतले पन्थी र उनका साझेदार देवराज खनाललाई व्यापारिक लेनदेन मुद्धामा अदालतले पन्थी र उनका साझेदार देवराज खनाललाई व्यापारिक लेनदेन मुद्धामा जनही ६ महिना कैदमा राख्ने फैसला गरेको थियो ।

उनी शक्तिको आडमा खुलेआम हिँड्दा प्रहरी निरीह देखिएको भन्दै आलोचना भएको छ ।