images
images

रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाईते

  • ३० जेष्ठ २०८१, बुधबार ०९:३३

रुपन्देही । रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् ।

पूर्वपश्चिम लोकमार्गस्थित सैनामैना नगरपालिका–१० सालझन्डीमा बस दुर्घटना हुँदा ४३ जना घाईते भएका हुन् । दाङबाट काठमाडौँतर्फ आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस बालुवा बोकेको ट्रकमा ठोक्किएर गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईतेहरुको नामथर र वतन नखुलेका जिल्ला प्रहरी कार्यालय रुपन्दहीका डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेहरुको चौराहा हस्पिटल बुटवल, एडमनसिटी बुटवलमा उपचार भइरहेको छ ।