images
images

टिपरभित्रै १७ बर्षीया किशोरी बलात्कृत, दोलखा घर भएका चालक पक्राउ

  • २८ असार २०७९, मंगलवार ०६:४७

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाका एक चालक वालिकालाई जबरजस्तीकरण गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका छन् ।

जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ का ३२ वर्षिय ज्ञानबहादुर नेपालीलाई प्रहरीले जबरजस्तीकरण आरोपमा पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ थानकोटस्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेर राखेको टिपरमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा नेपालीलाई प्रहरी वृत्त थानकोटको टोलीले कलंकीबाट पक्राउ गरेको काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

गत शुक्रवार दोलखावाट रा १ ख २७३४ नम्बरको टिपरमा काठमाण्डौं गएकी १७ वर्षिया वालिकालाई चालक नेपालीले राति १० बजे थानकोट पुर्याएर टिपरभित्रै बलात्कार गरेका थिए । बलात्कारपछि फरार भएका चालक नेपालीलाई प्रहरीले कलंकीवाट पक्राउ गरेको हो । पक्राउ परेका नेपालीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।