images
images

सिन्धुपाल्चोकका कांग्रेस नेता बस्नेतलाई आफ्नै चिन्ता, सिट सुरक्षित नभए विद्रोह गर्ने चेतावनी

  • २८ असार २०७९, मंगलवार १८:०५

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनवहादुर बस्नेतले आगामी निर्वाचनमा गठबन्धन भएर आफुले टिकट नपाए विद्रोह गर्ने चेतावनी दिनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टसँग गठबन्धन आवस्यक नरहेको भन्दै आफ्नो सिट सुरक्षित नभए विद्रोह गर्ने चेतावनी दिनुभएको हो । आगामी निर्वाचनमा गठबन्धन भए वा नभए पनि आफुलाई मतलव नभएको भन्दै नेता बस्नेतले सिन्धुपाल्चोकमा आफ्नो निर्वाच क्षेत्र कसैलाई नछाड्ने र सिट सुरक्षित नभए विद्रोह गर्ने बताउनुभयो ।

कांग्रेस नेता बस्नेतले सिट सुरक्षित हुनु पर्ने माग गरेको निर्वाचन क्षेत्र सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित भएको निर्वाचन क्षेत्र हो । गत निर्वाचनमा सभामुख सापकोटा सिन्धुपाल्चोक–१ वाट बस्नेतलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । यसअघि बस्नेत सोही निर्वाचन क्षेत्रवाट दुई पटक चुनाव जितेर संघीय सरकारको मन्त्री समेत बनेका थिए ।

सत्तारुढ दलहरुवीच गठबन्धन हुँदा सिन्धुपाल्चोक–१ मा सभामुख सापकोटाकालागि कांग्रेसले छाड्ने खतरा भएका कारण निर्वाचनको मिति घोषणा हुनु अगावै नेता बस्नेतले पार्टी केन्द्रीय समितिको बैठक विद्रोहको धम्कि दिनुभएको हो ।