images
images

टिपरभित्रै यसरी बलात्कारको शिकार बनिन् १७ वर्षीय किशोरी

  • २८ असार २०७९, मंगलवार १९:४१

काठमाण्डौ । पछिल्लो समय बलात्कारका घटना दैनिक जसो सुन्ने गरिन्छ । नेपालमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटनादेखि यात्राकै क्रममा बलात्कारको शिकार हुनु परेको घटना सार्वजनिक भईरहेका छन् ।

अझ पछिल्लो समय बढी जसो बालिका र किशोरीहरु बलात्कारको शिकार बनिरहेका छन् । केहीदिन अघि मात्रै काठमाडौंँ उपत्यकामा दोलखाको गौरीशंकर गाउँपालिका घर भएका एक युवकबाट १७ वर्षीया किशोरी बलात्कारको शिकार बन्न पुगेकि छिन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ८ स्थित मन्थलीका ३२ वर्षीय ज्ञानबहादुर नेपाली किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

किशोरीमाथि गत शुक्रबार राति १० बजेर १० मिनेट जाँदा जबरजस्ती करणी भएको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंँमा परेको छ । रातिको समयमा घरमा सल्लाह गरेर काम परेको भन्दै ती किशोरी रा १ ख २७३४ नम्बरको टिपरमा चढेर बाहिर निस्किएकी थिइन् । उनी टिपरमा चढेर जाँदै गरेको अवस्थामा चालकले थानकोटमा पु¥याएर जबरजस्ती करणी गरेका हुन् । नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेर राखेको स्थानमा किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । नेपालीले थानकोटमा गाडीका सह चालकलाई टाएर चेक गर्नु भनेर वहाना बनाएर टिपरबाट बाहिर पठाएर ढोकाबन्द गरी ती किशोरीमाथि जबरजस्ती करणी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

पछिल्लो समय बलात्कारका घटना दैनिक जसो सुन्ने गरिन्छ । नेपालमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटनादेखि यात्राकै क्रममा बलात्कारको शिकार हुनु परेको घटना सार्वजनिक भईरहेका छन् । केहीदिन अघि मात्रै काठमाडौंँ उपत्यकामा दोलखाको गौरीशंकर गाउँपालिका घर भएका एक युवकबाट १७ वर्षीया किशोरी बलात्कारको शिकार बन्न पुगेकि छिन् । यात्राको क्रममा उनी बलात्कारको शिकार बन्न पुगेकी हुन् ।

पीडित बालिकाको स्थायी ठेगाना खुलेको छैन । यद्धपी उनी परीवारसँग बसेर गौशालामा काम गर्दै कलेज पढ्ने गरेकी थिइन् । शुक्रबार रातिको समयमा भने उनी घर बाहिर निस्किएकी थिईन् । यात्राको क्रममा उनी बलात्कारको शिकार बन्न पुगेकी हुन् । दोलखा घर भएपनि केही वर्षदेखि काठमाडौं बस्दै आएका घटनाका आरोपित चालक भने घटना लगत्तै टिपर छाडेर फरार भएका थिए । सो घटनाको जानकारी प्राप्त हुनासाथ थानकोट वृत्तबाट डिएसपी डिल्ली नारयण पाण्डेको कमाण्डमा टोली घटनास्थलमा गएर बालिकालाई उद्धार गरेको थियो ।

घटनापछि फरार भएकाउनको खोजतलास तीव्र बनाइएकोमा कलंकीबाट नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार हाल पक्राउ परेका नेपाली माथि जिल्ला अदालत काठमाडौंँबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । पीडित किशोरीको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण पनि भएको छ । १७ बर्षीया किशोरी यात्रा गर्ने क्रममा बलात्कृत हुन पुगेकी हुन् । उनको ती चालकसँग कुनै चिनजान भए/नभएको विषयमा भने अुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यात्राको क्रममा बलात्कारको शिकार बनेको यो घटना प्रतिनिधिमुलक मात्रै हो । यात्राका क्रममा अरु पनि थुप्रै युवती र महिलाहरु बलात्कारको शिकार भएका छन् । त्यसैले हरेक किशोरी, युवती र महिलाले यात्रा गर्दा सावधानी अपाउन जरुरी भईसकेको छ । अपरिचित व्यक्तिसँग उठबस नगर्ने, अपरिचित व्यक्तिले चलाएको सवारीको साधनमा यात्रा नगर्ने हो भनेपनि यस्ता घटनावाट धेरै हदसम्म सुरक्षित हुन सकिन्छ ।